वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बन्दले छोएन सेयर बजारलाई, दोहोरो अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ पुष २९, मंगलवार

काठमाडौं । मंगलबार ३० दलले आयोजना गरेको हड्तालका कारण उपत्यका बन्द भएपछि सेयरबजारलाई भने प्रभाव परेन । आईतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने करिब दोहोरो अंकले बढेको छ । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार परिसूचकमा सुधार आएको हो । कारोबार सुरु हुँदा घट्दो क्रममा रहेको सेयर बजार केही समयपछि सुधारको गति लिएको थियो । बढ्दो क्रममा देखिएको सेयर बजार परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा ९२७.८० अंकमा रहेको नेप्से परिसूचक ९.६८ अंकले बढेर बन्द हुँदा ९३७.४८ अंकमा पुगेको छ ।

nepal stock exchangeमंगलबार नेपाल टेलिकमसहित वाािण्ज्य बैंक, बिमा कम्पनीहरूको सेयर मूल्य बढेको छ । नेप्सेमा कारोबार भएका बैंक, अन्य, बिमा समूहमा सुधार आएपछि त्यसको सकारात्मक प्रभाव बजार परिसूचकमा परेको हो ।

समूहगत परिसूचकमध्ये बैंकिङ ५, होटल ४२.०६, जलविद्युत् ७.४, बिमा ११२.३६, वित्त १४.२३, अन्यसमूह ५.८७, विकास बैंक ३.३७ र उत्पादनमूलक १४.६६ अंकले बढेका छन् । तर, व्यापारसमूह भने २.०३ अंकले घटेको छ ।

मंगलबार बजार परिसूचक बढेको भए पनि कारोबार रकममा भने कमी आएको छ । नेप्सेमा १३३ कम्पनीको १,८३५ कारोबारबाट २३ करोड ५७ लाख ३९ हजार रुपैयाँबराबरको ५ लाख ३३ हजार ९ सय ९० कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ