वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन बाणिज्य बैंकको १ अर्वको सेयर आउँदै

अर्थटुडे
२०७१ पुष ३०, बुधबार

काठमाडौं । वाणिज्य बैंकको सेयर त्यो पनि प्राथमिक मुल्यमै । ठुला बैंकको सेयरमा लगानीका लागि अवसर आउँदैछ । यो वर्षभित्रै स्टान्डर्ड चार्टर्ड, इन्भेष्टमेन्ट र हिमालयन बैंकको १ अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर किन्न आउँदैछ । यी बैंकहरुले चालु आर्थिक वर्ष भित्रै सर्वसाधारणको सेयर हिस्सा अनिवार्यरुपमा ३० प्रतिशत पुरर्याउनु पर्ने राष्ट्र बैंकको निर्देशन अनुरुप ३ ठूला बैंकको सेयर प्राथमिक मुल्यमै सर्वसाधारणले किन्न पाउनेछन् ।

विदेशी बैंक तथा वित्तीय संस्थाको लगानीमा सञ्चालनमा रहेका बैंकहरुलाई चुक्ता पुँजीको ३० प्रतिशतभन्दा कम सर्वसाभारण सेयर भएपनि हुन्छ भन्ने सुविधाको उपयोग गरेका तर नेपालीले नै सेयर किनिसकेको अवस्थामा भने ३० प्रतिशत साभारण सेयर अनिवार्य पुरर्याउनु पर्नेछ ।

ipo
वेलायती समूहको लगानी रहेको स्टान्डर्ड चार्टर्ड बैंकले चालु आवभित्रमा सर्वसाधारणलाई १४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नुपर्ने हुन्छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ४ करोड रुपैयाँ छ । जसमध्ये २२.९७ प्रतिशत मात्रै सर्वसाधारणको लगानी छ । राष्ट्र बैंकको निर्देशन अनुसार ७.०३ अर्थात १४ करोड रुपैयाँभन्दा बढी सेयर सर्वसाधारणलाई दिनु पर्ने भएको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ करोड रुपैयाँ मुल्य बराबरका साधारण सेयर जारी गर्नुपर्ने हुन्छ । हाल रहेको बैंकको २ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजीमा सर्वसाधारणको सेयर हिस्सा २० प्रतिशत मात्रै छ ।

हालको इन्भेष्टमेन्ट बैंक तत्कालिन इन्डोस्वेज बैंक खरिद गरी सञ्चालनमा ल्याइएको हो । नेपालमा इन्डोस्वेज बैंकले १९८६ देखि कारोबार सञ्चालन सुरु गरेको थियो । नेपाली र फ्रेन्चको संयुक्त लगानीमा खुलेको इन्डोस्वेजले सन २००२ बाट आफ्नो सेयर विक्री गरेर बाहिरिएको थियो ।

तत्कालिन इन्डोस्वेजको ५० प्रतिशत सेयर नेपाल लगानीकर्ताले खरिद गरेका थिए । नेपाली लगानीकर्ताले बैंक खरिद गरेपछि नाम परिवर्तन गरेर नेपाल इन्भेष्टमेन्ट बैंक बनाए । इन्भेष्टमेन्ट बैंकमा विदेशी लगानीकर्ताले आफ्नो लगानी फिर्ता लगिसक्दा पनि सर्वसाधारण सेयर हिस्सा भने २० प्रतिशत मात्रै छ ।
हिमालयन बैंकले पनि कायम चुक्ता पुँजीका आधारमा हिमालयन बैंकले पनि सर्वसाधारणलाई ४१ करोड रुपैयाँ बराबरका सेयर जारी गर्नुपर्ने छ । उसले सर्वसाधारणलाई १५ प्रतिशत मात्रै सेयर दिएको छ । यो बैंकमा पाकिस्तानी बैंक हमिद बैंक अफ पाकिस्तानको लगानी छ ।

कुनै विदेशी बैंक वा वित्तीय संस्थाको लगानी रहेको कारणबाट इजाजतपत्र प्राप्त संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि आफ्नो कुल जारी पुजीको कम्तीमा ३० प्रतिशत शेयर छुटयाउनु पर्ने व्यवस्थामा छुट पाईरहेका छन, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ– कुनै कारणवश विदेशी लगानी फिर्ता लागि नेपाली व्यक्ति वा संस्थालाई विक्री गरेको अवस्थामा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले एक वर्ष भित्रै सर्वसाधारण सेयरको हिस्सा कम्तीमा ३० प्रतिशत पुरर्याउनुपर्नेछ ।

यसैगरी यसैवर्ष राष्ट्रिय बाणिज्य बैंकको सेयर पनि आउने सम्भावना छ । चुक्तापुँजीको ३० प्रतिशत सेयर सर्वसाधारमा बेच्नका लागि बैंकले अर्थ मन्त्रालयसँग स्विकृती मागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ