काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नवकिरण अनाथ असहाय कल्याण समाज धापाखेलमा आश्रीत ४० वालवालीकालाई न्यानो लुगा वितरण गरेको छ । बैंकको स्वर्ण जयन्तीका अवसरमा बानेश्वर शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुको पहलमा गरिएको उक्त सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले वितरण गरे ।
शर्माले हालका दिनमा बैंकले वित्तीय अवस्था सुदृढ बनेकोले बैंकले समाजसेवाका कार्यक्रममा सक्रियता बढाएको बताए ।
कार्यक्रममा शाखा प्रवन्धक दिवाकर बशिष्ठ, क्षेत्रीय कार्यालय काठमाडौंका प्रवन्धक उद्धव खनाल, अनाथ असहाय कल्याण समाज धापाखेल ललितपुरका महासचिव पारस कुमार पोख्रेल लगायतले आफ्नो धारण राखेका थिए ।
प्रतिक्रिया