काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) भवन निर्माणका लागि ५ करोड रुपैयाँ जम्मा भएको छ । संघले विभिन्न देशबाट चन्दा संकलन गरी उक्त रकम सहयोग गरेको अध्यक्ष शेष घलेले जानकारी दिए ।
यसैगरी विभिन्न देशमा रहेका नेपालीबाट १७ करोड दिने प्रतिवद्धता आएको एनआरएनले जनाएको छ ।
एनआरएनले भवन बनाउनका लागि वालुवाटारमा तीन रोपनी जग्गा खरिद गरेको छ । जसको मूल्य १२ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया