काठमाडौं । यती डेभलपमेण्ट बैंकले २५ महिने ट्याक्स फ्रि फिक्स डिपोजिट खाता संचालनमा ल्याएको छ । माघ २ गतेदेखि लागु हुने गरी सो खाता सञ्चालनमा ल्याएको हो । सो योजना अन्तर्गत निक्षेपकर्ताहरुले ८.५० प्रतिशतका दरले त्रैमासिक ब्याज लिनेछन् । ब्याजमा लाग्ने कर भने निक्षेपकर्ताहरुको ब्याजमा कट्टा नगरी बैंक आंफैले भुक्तान गरीदिने बैंकले जनाएको छ ।
निक्षेपकर्ताहरुले एनटीसी, एनसेल, डिसहोममा २५० रुपैयाँ सम्मको टपअप गर्न सकिने थप सुविधा प्राप्त गर्नुका साथै लकर सुविधामा ५० प्रतिशत छुट पाउने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
बैंकले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी प्रधान कार्यालय दरवारमार्गबाट सांझा ८ बजे सम्ममको सन्ध्याकालीन काउन्टर र शनीवार तथा अन्य सार्वजनीक बिदाका दिनहरुमा दिंउसो १२ बजे देखि २ बजे सम्मको होली डे काउन्टर संचालन गरीरहेको बैंकले जानकारी गराएको छ ।
प्रतिक्रिया