काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ गर्ने भएको छ । यसअघि दैनिक १० घण्टा लोडसेडिङ हुदै आएकोमा १ घण्टा बढाएर दैनिक ११ घण्टा पु¥याएको छ ।
मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना बाँध मर्मतका लागि बन्द हुनका साथै प्रणालीमा अत्यधिक माग थपिएको भन्दै प्राधिकरणले लोडसेडिङ बढाएको हो । मध्यमस्र्याङ्दीको जडित क्षमता ७० मेगावाट भए पनि नदीमा जलस्तर घटेकाले हाल ३६ मेगावाट उत्पादन भइरहेको छ ।
प्रणालीमा ६ सय मेगावाट बिजुली अपुग भएपछि लोडसेडिङ बढाइएको प्रणाली सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्रीले बताए । उनका अनुसार विद्युत् माग १,२५० र आपूर्ति बढीमा ६५० मेगावाट छ । प्राधिकरणले यो वर्ष लोडसेडिङ दैनिक १२ घण्टामा सीमित गर्ने बताउँदै आएको छ ।
प्रतिक्रिया