काठमाडौं । आकर्षक कमाईको आशमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक सेयरमा लगानी गरेको सर्वसाधारणको डेढ अर्व रुपैयाँभन्दा बढी रकम डुबेको छ । सर्वसाधारणले लगानी गरेको बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएको र केही खारेजीमा समेत गएकाले ती संस्थामा गरिएको लगानी जोखिममा परेको हो ।
नेपाल राष्ट्र बैंकले खारेजीमा लगेका नेपाल विकास बैंक तथा सम्झना फाइनान्सका, हिमालयन फाइनान्सका साथै समस्याग्रस्त घोषणा गरेका नेपाल सेयर मार्केट, कुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, जनरल फाइनान्स, बर्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र गोरखा विकास बैंकमा लगानी भएको सर्वसाधारणको रकम जोखिममा परेको हो । यी संस्थाहरुमा सर्वसाधारणको १ अर्व ४५ करोड २४ लाख ३१ हजार डुबेको छ ।
नेपाल विकास बैंकको सेयरमा १९ करोड ८२ लाख ४५ हजार, तथा सम्झना फाइनान्सका, हिमालयन फाइनान्सका साथै समस्याग्रस्त घोषणा गरेका नेपाल सेयर मार्केट, कुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, जनरल फाइनान्स, बर्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र गोरखा विकास बैंकमा लगानी भएको सर्वसाधारणको रकम जोखिममा परेको छ ।
कुनमा कति डुव्यो ?
नेपाल सेयर मार्केट्स: ८१ करोड ३७ लाख ७ हजार
गोर्खा डेभलपमेन्ट बैंक : १९ करोड ८२ लाख ४५ हजार
नेपाल विकास बैंक : १५ करोड ४ लाख
वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स : ७ करोड २७ लाख ९२ हजार
कर्पोरेट डेभलपमेन्टबैंक: ६ करोड
कुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स : ६ करोड ७५ लाख
जनरल फाइनान्स :३ करोड ८७ लाख ८६ हजार
हिमालय फाइनान्स: ४ करोड २० लाख
सम्झना फाइनान्स : ९० लाख
प्रतिक्रिया