वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेट्रोलियम पदार्थको मुल्य घट्यो

अर्थटुडे
२०७१ माघ ४, आईतवार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । आइतबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको निगमले जनाएको छ ।petrol निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । घटाइएको दर अनसार अव उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ ५० पैसामा किन्न सक्ने छन् भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ मा किन्न सक्नेछन् ।
गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको छ । स्वचालित मूल्य प्रणाली लागु गरेपश्चात निगमको घाटा पनि कम हुँदै गएको छ । असोज १३ गते एक लिटर पेट्रोल किन्न उपभोक्ताले १ सय ३४ रुपैयाँ ५० पैसा तिर्नुपथ्र्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ