काठमाडौं । छाला जुत्ता तथा वस्तु उत्पादक संघको साधारणसभाले रविन कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिती गठन गरेको छ । नवनिर्वाचीत पदाधीकारीहरुमा कृष्ण कुमार फुँयाल (बरिष्ठ उपाध्यक्ष), उत्तम अधिकारी (उपाध्यक्ष), कालिदास गोतामे (उपाध्यक्ष), मनोजकुमार श्रेष्ठ (महासचिव), नवराज गौतम (उप–महासचिव), नानीराज घिमीरे (कोषाध्यक्ष), शम्भुप्रसाद तिमिल्सिना (सचिव) रहेका छन् । सदस्यहरुमा ज्ञानेन्द्र दाहाल, दिपेन्द्र थापा, चोपकुमार श्रेष्ठ, गंगा श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, राजनकुमार श्रेष्ठ र ऋषिराज घिमिरे रहेका छन् ।
साधारण सभामा उपाध्यक्ष एक पद र सदस्य सात पदको लागि मात्र मतदान भएको थियो भने अन्य पदहरुमा सर्वसम्मत रुपमा चयन गरिएकोे थियो ।
संघका नवनिर्वाचीत पदाधीकारी तथा सदस्यहरुलाई संघका संस्थापक अध्यक्ष सुरेन्द्र प्रसाद दाहाल, निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय, पुर्व अध्यक्षहरु विरमणी बज्रचार्य, रामकृष्ण प्रसाई तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य भिमलाल पौडेलले अविर तथा माला लगाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
प्रतिक्रिया