काठमाडौं । क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सले आफ्ना ग्राहकहरुलाई आफ्नो संस्थामा रहेको खाता बन्द गरी रकम फिर्ता लिन निक्षेपकर्तालाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि फाइनान्सले यस्तो सुचना प्रकाशित गरेको हो ।
क्यापिटलले आफ्नो संस्थामा पैसा राख्ने सवै ब्यक्तिगत निक्षेपकर्ताको पैसा फिर्ता गर्ने प्रयोजनको लागि यस्तो सुचना प्रकाशित गरेको हो ।
संस्थाले जारी गरेको सुचनामा भनेको छ –कानुन बमोजिम रोक्का भएका बाहेक सवै खाता बन्द गरेर आफ्नो निक्षेप फिर्ता लिनुहोस् । २ लाख रुपैयाँसम्म निक्षेप भएका ब्यक्तिगत निक्षेपकर्ताले खाता बन्द गर्दा आफूले सवै रकम फिर्ता दिने फाइनान्सले जानकारी दिएको छ ।
फाइनान्ससँग अहिले सर्वसाधारणको निक्षेप फिर्ता गर्न पुग्ने रकम भएकोले यस्तो सुचना प्रकाशित गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
ब्यक्तिगत निक्षेपकर्ताको करिब ६ करोड रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी छ,’ त्यो रकम फिर्ता गर्न पुग्ने गरी तरलता भएकोले ब्यक्तिगत निक्षेपकर्तालाई आफ्नो खाता बन्द गरी रकम फिर्ता लिइदिन अनुरोध गरिएको हो ।
ब्यक्तिगत निक्षेपकर्ताको सवै रकम फिर्ता गर्न लागिए पनि संस्थागत निक्षेपकर्ताको निक्षेप भने तत्काल फिर्ता नहुने भएको छ । क्यापिटलमा करिब ७० करोड रुपैयाँ संस्थागत निक्षेप बाँकी छ । सवै कर्जा उठेपनि सो बराबरको निक्षेप फिर्ता हुन नसकन्ने अवस्था भएको राष्ट्र बैंकका अधिकारीको भनाइ छ ।
प्रतिक्रिया