वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दलहरु भिडन्तमै लाग्ने संकेत देखिएपछि १२.६५ अंकले घट्यो नेप्से

अर्थटुडे
२०७१ माघ ६, मंगलवार

काठमाडौं । सेयरबजार परिुचक (नेप्से) १२.६५ अंकले घटेर ९६२.८० अंकमा आएर अडिएको छ । nepal stock exchangeसोमबार ३० भन्दा बढी अंकले बढेको नेप्से मंगलबार झण्डै १३ अंकले घटेको हो । माघ ८ मा नै संविधान जारी हुनका लागि दलहरुविच सहमति भएको भन्ने हल्लाका कारण सोमबार ह्वात्तै बढेको नेप्से मध्यरातमा संभासदहरुले गरेको मारामारीका कारण सहमति विग्रीएको समाचार आएपछि नेप्से घटेको हो ।
दलहरु सहमतिमा आउनेभन्दा भिडन्तमै लाग्ने संकेत देखिएपछि बजार घट्न थालेको हो । तर माघ ८ गतेसम्म केही न केही ठोस निर्णय हुने अपेक्षामा लगानीकर्ताहरुले पर्ख र हेरको अवस्थामा छन् ।
यस दिन डेभलपमेन्ट बैंक समूहको परिसुचक बाहेक बाँकी सम्पुर्णको समूहको परिसुचक घटेको । सवैभन्दा बढी विमा समूहको ६५.७६ अंकले घटेको छ भने जलविद्युत समूहको १५.७३ अंकले घटेको छ भने बैकिङ समूहको १४.२ अंकले घटेको छ ।
मंगलबार २८ करोड ८९ लाख रुपैयाँ बराबरको ६ लाख २२ हजार कित्ता सेयर खरिदविक्रि भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ