दुई वर्षको अथक प्रयासपनि सेयर बजार कारोबारमा सीडीएस प्रणाली पूर्ण रुपमा लागू हुन सकेको छैन, माघ २ गतेदेखि बाणिज्य बैंकको सेयर पूर्ण रुपमा यस प्रणालीमा कारोबार गर्ने सयम तोकिए पनि कार्यान्यन हुन सकेन । किन यस्तो भइरहेको छ ? तपाईको विश्लेषण के छ ?
एक त प्रविधिमा साक्षात्कार हुन नसक्नु र अर्को प्रविधिको प्रयोगलाई सम्वन्धित निकायहरुवाट नै आनाकानी गर्नु लगायतका कारणले तोकिएको समयमा सीडीएस कार्यान्वयन हुन नसकेको हो । हालसम्मको तथ्यांकले पनि जम्मा ७७ कम्पनी मात्र सीडीएससीमा आवद्ध रहेका छन् भने करिव २२ हजारको हाराहारीमा मात्र डिम्याट खाता खुलेको छ ।
अर्को आश्चर्य किन रोकियो सीडीएस भन्ने सवालमा नियामक निकायहरु एक अर्कामा दोषारोपण गर्न मात्र सिमित छन् । स्टक एक्सचेन्ज, राष्ट्र वैंक, धितोपत्र वोर्ड, सुचिकृत कम्पनीहरु, दलाल कम्पनीहरु र लगानीकर्ता सवैले आफ्नो भुमिका भने यतिखेर विर्सीएका छन् ।
सीडीएस सञ्चालनको सफ्टवेयर प्रणाली सेन्ट्रल डिपोजिटरी एकाउन्टिड सिस्टम (सिडास) लागि CMC India Ltd. वारेन्टि प्राप्त नभएको कारण तत्काल तत्काल पुर्णरुपमा सीडीएस. लागु नभएको भन्ने तथ्य सम्वन्धित निकायवाट नै वाहिर आएको छ । तर अहिले आएर सार्वजनिक यो गैर जिम्मेवार पुर्ण भनाईलाई विश्वास गर्न सकिने आधार स्पष्ट देखिदैन । वारेन्टि कार्ड विना सामान नकिन्ने र प्रयोग नगर्ने नेपाली संस्कार यतिखेर नेपालको पुँजीवजारले खेपेको छ, किनकी सिडासको वारेन्टि कार्ड नै छैन रे !
यसबाहेक अरु कसै जिम्मेवार छैनन् त ? अव कहिले लागू होला सीडीएस प्रणाली ?
कुनै पद्धतिको विकासका लागि सवैभन्दा महत्वपुर्ण पक्ष त्यस प्रतिको उत्साह र उत्प्रेरणा नै महत्वपुर्ण हुन्छ । दुई वर्ष देखि नै निरन्तर वहसमा समेत आएको यो प्रणालिप्रति रुचि नजाग्नाको कारण सिमित घेरामा रहेर मुनाफा कमाउन चाहाने लगानीकर्ता पनि एक हुन् जो प्रविधिमा अभ्यस्त हुन सकेनन् । उनीहरुको सहभागिता विना नेप्सेको एक्लो तागत सिडिएसका लागि अनुकुल हुदैन । धितोपत्र वोर्ड आफै यो दूई वर्षमा जनशक्ति क्षमता रटान लगाउदै कर्मचारी भर्तिको लागि आवेदन माग्ने अनुमति पाएकोमा मख्ख छ । सीडीएस कम्पनिको आफ्नो क्षमता पनि नेप्सेको आम्दानी वाडफाँडमा सिमित छ । नेप्से आफै सरकारी संस्थानको हैसियतवाट माथि आउन नसक्ने परिस्थिति छ ।
अर्को पटक पटक जिम्मेवार निकायवाट गैर जिम्मेवारी भुमिका भने आउन वन्द हुनुपर्छ । अव कहिले सञ्चालनमा आउला त सीडीएस अर्को अन्यौल थपिएको छ । गैर जिम्मेवारी भुमिकाका कारण CMC ले सिडासको वारेन्टि कार्ड वनाएर नेप्सेलाई दिएपछि पनि अर्को अन्योलको कारण सिर्जना नहोला भन्न सकिन्न, विश्वास गर्ने आधार नै छैन ।
सफ्टवेयरमा विश्वासनियताको आधार नभएको हो त ?
त्यस्तो होइन । अहिले हामीले प्रयोग गरेको सफ्वेयर CMC India Ltd. मार्फत नेपालका लागि भारत सरकारको प्राविधिक सहयोग र Central Depository Services (India) Ltd. मुम्बईको परामर्श सेवामा नेपालमा सञ्चालनमा ल्याउन खोजिएको हो । यो सफ्वेयर मार्फत धितोपत्रहरुको अभौतिकीकरणको प्रक्रियामा विद्युतीय हस्तान्तरणका कार्य गरिन्छन् । अमेरीकाको प्रसिद्ध सफ्टवेयर निर्माता CMC Ltd. हो भनेCMC India Ltd. नामले भारतीय संस्करणको रुपमा काम गरिरहेको छ । CMC India Ltd. को भारतमा सवैभन्दा आश्चर्यचकित उपलव्धि भनेको भारतिय रेलवे सेवाको रिजर्भवेसन र टर्मिनल सिस्टम आविश्कार गर्नु हो । किनकि मेट्रो, सिटि, एक्सप्रेस लगायतका सेवाहरु मार्फत दैनिक करिव १० करोड मानिस भारतभर यात्रारत हुन्छन् र त्यो पुर्ण रुपमा स्वचालित संयन्त्रमार्फत नियन्त्रित र व्यवस्थित भैसकेको छ । त्यसैगरि CMC India Ltd. ले नै मुम्वई इस्टक एक्सचेन्ज(वि.एस्.ई.) का लागि सिडास सफ्वेयरको आविश्कार गरेको हो, जुन उसको अर्को महत्वपुर्ण उपलव्धि पनि हो ।
सिडास सफ्टवेयरको विशेषताबारे बताइदिनुहोस् न ?
सिडासले उपलव्ध गराउने प्रणालि Secured Storage System मा रहने सामथ्र्य राख्दछ, जसलाई ह्याकरले चुवाहट गर्न नसक्ने हुन्छ । फाईवर च्यानलसंग आवद्ध रहने गरि वहु प्रयोग विधि र निरन्तर तथ्यांक प्रवाहीकरणको शक्ति सहित तिव्र चलायमान प्रभावकारीता CMC India Ltd. को सिडास विशेषताहरु मानिन्छन् । केन्द्रिकृत प्रणालिमा सुचनाको प्रवाह गर्ने यो प्रविधिमा प्रकोपिय सुरक्षाका अवधारणालाई समेत मध्यनजर गरी Disaster Recover Site मार्फत सुचनाको भण्डार र पुन उपयोग गर्न सक्ने क्षमता समेत तयार गर्न सकिन्छ । जसकाकारण प्राकृतिक प्रकोपले तहसनहस भएको अवस्थामा पनि यसका सुचनाहरु सुरक्षित मानिन्छन् ।
त्यसैगरि CMC India Ltd. को सिडास विश्वभरका कम मात्र त्यस्ता संस्थाहरु मध्ये एक हो जसले ISO22301:2012 मान्यता पाएको छ । त्यसैगरि यो कम्पनिले नेपालमा मात्र नभै जापानको स्टक क्लियरिड कम्पनि JASDEC लगायत अमेरीका, मलेसिया, कोरीया, ताईवान लगायतका स्टक क्लियरिड कम्पनिहरुसंग समेत वहुपक्षिय सुचना साझेदारको रुपमा काम गरिरहेको छ ।
सिडिएस प्रणाली धितोपत्र वजारका लागि कारोवार मैत्री कसरी हुनसक्छ ? कसरी विश्लेषण गर्नुहुन्छ ?
सिडासवाट खास गरि धितोपत्रहरुको विद्युतीय रेकर्ड रहने हुनाले कागजी झन्झट र जालसाजीबाट मुक्त कारोबारको अपेक्षा गर्न सकिन्छ । साथै विद्युतीय रुपमा धितोपत्रहरुको फर्छौट एवं राफसाफ सेवा उपलव्ध हुने कारणले प्रमाणपत्रहरु हराउने तथा क्षय हुने जस्तो समस्याहरुको निराकरण हुने, हस्तान्तरणको जोखिम व्यवस्थापनमा उलेख्य सहयोग पुग्ने, लगानीकर्ता, शेयर दलाल तथा अन्य सरोकारावाला बीच सौहार्दपूर्ण सम्बन्ध रहने, धितोपत्रहरुको दु्रत नामसारीबाट बजारमा पर्याप्त तरलता प्रदान हुने एवं कारोबार संचालन आधुनिक बजारको प्रणालीमा हुने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया