काठमाडौं । नेपाली बजारमा बुधबार सुन ६ सय रुपैयाँ महंगो भएको छ । सोमबार र मंगलबार ५३ हजार ६ सय रुपैयाँ कायम भएको सुन बुधबार बढेर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजार उकालो लागेपछि नेपाली बजारमा पनि गत शुक्रबारदेखि सुनको भाउ उकालो लाग्न थालेको हो । माघ महिनाको विवाहको लगन सुरुभएसँगै सुनको भाउ महंगो भएपछि उपभोक्ता प्रभावित भएका छन् ।
यसैगरी चाँदीको भाउ पनि ३५ रुपैयाँ महंगो भई प्रतितोला ७ सय ५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया