काठमाडौं । नेपालमा भइरहेको बन्द हड्ताललाई लक्षित गर्दै विभिन्न देशहरुले आफ्ना नागरिकलाई यहाँको भ्रमणका क्रममा सतर्कता गराएका छन् । संविधान बनाउने क्रममा भएको राजनीतिक खिचातानीले गर्दा नेपालमा बन्द, हड्ताल बढेको र त्यसले जनधनको क्षति पनि पुगेको भन्दै विभिन्न ४ देशले आफ्ना नागरिकलाई सतर्कता दिलाएको हो ।
अमेरिका, बेलायत, क्यानडा र अष्टे«लिया ट्राभल एडभाइजरी’ जारी गर्दै नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई सुरक्षित रहन आह्वान गरेका छन् । बन्द हड्तालको क्रम रोकिने निश्चित नभएको भन्दै ति देशहरुले सुरक्षा र सतर्कताको लागि अवधि भने तोकेका छैनन् ।
यसले देशको पर्यटकिय वातावरणमा असर पर्ने पर्यटन व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया