काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ६९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । पहिलो त्रैमासमा ९६ लाख घाटा व्यहोरेको बैंकले पुस मसान्तमा आइपुग्दा सो नाफा कमाएको हो ।
बैंकले गत वर्षको सोही अवधिमा ३ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको पुस मसान्तसम्मको अवधिमा तीन करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको यो अवधिको तुलनामा खुद ब्याज आम्दानी ८२ प्रतिशतले बढाएको छ ।
बैंकले यो अवधिमा खुद ब्याज आम्दानी ४३ करोड २५ लाख रुपैयाँ गरेको छ ।
दुई अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले २३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया