काठमाडौं । साताभर सेयर बजार १३.८८ अंकले बढेको छ । चार दिन भएको कारोबारमा १ अर्व ८८ करोड ९३ लाख ८० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यो साता १६४ कम्पनीहरुको कुल ३७ लाख ६६ हजार आठ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम भने गत साताको भन्दा ९१.७० प्रतिशत बढी छ ।
कारोबार रकमको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा छ । सेयर संख्याका आधारमा ग्रान्ड बैंकको कारोबार बढी भएको छ । बैंकको चार लाख दुई हजार कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया