वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिभी मोबाइलको मल्टिब्राण्ड सोरुम सिटिसी मलमा

अर्थटुडे
२०७१ माघ ११, आईतवार

काठमाडौं । सिटिभी मोबाइलले सुन्धारास्थित सिटिसी मलमा द वल्र्ड भिजन प्रालिको नाममा एक्सक्लुसिभ मल्टिब्राण्ड सोरुम संचालनमा ल्याएको छ । मल्टिब्राण्ड सोरुमको नायक राजेश हमाल, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र गौतमश्री ग्रुपका अध्यक्ष राम बहादुर गौतमले संयुक्त रुपमा उद्घाटन गरे ।5

नेपालमा उपलब्ध २ दर्जन बढी मोबाइल कम्पनीका उत्पादन बिक्री गर्ने तथा १६ वटा कम्पनीका मोबाइल अलग अलग टेबलबाट बिक्री गरिने ब्यबस्था मिलाइएको छ ।
यो मल्टिब्राण्ड सोरुम मोबाइल खुद्रा बजारमा सबैभन्दा अत्याधुनिक र ठूलो भएको कम्पनीको दावी रहेको छ । मोबाइलका अलवा यो मल्टिब्राण्ड सोरुमबाट बिभिन्न कम्पनीका क्यामेरा, ल्यापटप, सिसिटिभी, साउण्ड सिस्टम, राउटर, आइप्याड लगायतका विद्युतिय सामग्रीहरु पनि बिक्रि गरिने कम्पनीले जनाएको छ ।
६० मिनेट केयर सर्भिस, एक्सचेन्ज अफर, हात खाली नजाने उपहार, सोनी इरिक्सन केयर सेन्टर खोलेर ग्राहकहरुलाई सुबिधा प्रदान गर्दै आइरहेको सिटिभी मोबाइलले चाबहिलको केएल टावरमा लिंक इलोक्ट्रोनिक्स, ताम्राकार कम्प्लेक्समा टप फाइब मोबाइल, ताम्राकार कम्प्लेक्समै सिटि टप भिजन र किर्तीपुरमा सिटिभी मोबाइलको आउटलेट खोलीसकेको पनि कम्पनीका अध्यक्ष संगम राईले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ