वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ई–सेवा छैठौं वर्षमा, ३० लाख मानिसको पहुँचमा

अर्थटुडे
२०७१ माघ १२, सोमबार

काठमाडौं । अनलाइनबाट किनमेल र कारोबार गर्न सकिने सेवा प्रदान गर्दै आएको ई–सेवा छैठौं वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवा फोनपे प्रालिको उत्पादन हो ।

esewa२०६७ साल माघ ११ गतेबाट सेवा सुरुवात गरेकोे ई–सेवा अहिले ७५ वटै जिल्लामा विस्तार भइसकेको छ । मोबाइल तथा इन्टरनेटबाट कारोबार गर्न सकिने प्रविधि मार्फत ई–सेवाले ३० लाख भन्दा बढी मानिसहरूमा प्रत्यक्ष\अप्रत्यक्ष रूपमा आफ्नो सेवा पु¥याउन सफल भएको छ । ई–सेवामा एकाउन्ट खोलेर कारोबार गर्नेको संख्या मात्र अहिले ३ लाखको हाराहारीमा पुगेको छ भने देशभर रहेका करिब ९ हजार ई–सेवा जोन तथा पोइन्ट नेटवर्क मार्फत करिब ३० लाख व्यक्तिले सेवा पाइरहेको कम्पनीले जनाएको छ ।

ई–सेवाको मोबाइल एप्लीकेशन डाउनलोड गरी मोबाइलबाट यो सेवा प्रयोग गर्नेहरूको संख्या करिब एक लाख छन् । ई–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले छोटो समयमा लोकप्रिय बनेको सेवालाई थप सुविधा बढाएर उपभोक्तामाझ आउने जानकारी दिए ।

‘अहिलेको तथ्यांक अनुसार मोबाइल प्रयोगकर्ता २ करोड भन्दा बढी छन् । यो अवस्थालाई हेरेर निकट भविष्यमा कम्तिमा पनि एक करोड जनसंख्यामा हाम्रो सेवा पु¥याउने लक्ष्य लिएका छौ ।’ उनले भने ।

घरमै बसेर विभिन्न किसिमका बिल भुक्तानी तथा कारोबार गर्दा समय र लागत दुबैको बचत हुने हुनाले ई–सेवा सबैको दैनिकी बनेको छ । ई–सेवा भनेको मोवाइल तथा इन्टरनेटबाट किनमेल गर्न सकिने अत्यन्तै सहज माध्यम हो । ई–सेवाको प्रयोगबाट विभिन्न किसिमका भुक्तानी गर्न, कसैलाई पैसा पठाउन, पाउन र तिर्न सकिन्छ । इन्टरनेट तथा मोवाइलबाटै सम्पुर्ण कारोबार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल छ । ई–सेवा मार्फत् इन्टरनेट तथा मोबाइलबाट घरमै बसी मोवाइल रिचार्ज, टपअप, (प्रिपेड, पोष्टपेड, सिडिएमए) टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज, टपअप लगायतका सेवा प्राप्त गर्न सकिन्छ । साथै देशका विभिन्न गन्तब्यमा जान हवाईजहाज तथा बस टिकट समेत खरिद गर्न सकिनेछ । अहिलेको अवस्थामा ई–सेवाले मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरूस“गको सहकार्यबाट अन्तरबैंक कारोबारका लागि पनि भरपर्दो माध्यम बनेको छ ।

कम्पनीले हाल ई–सेवा एकाउन्ट नभएका ग्राहक, एकाउन्टमा रकम नभएको अवस्थामा सेवा लिन तथा एकाउन्टमा रकम जम्मा गर्न सहज तुल्याउन देशका ७५ वटै जिल्ला, ३ हजार भन्दा बढी गा.वि.स. र सबै नगरपालिकामा ८ हजार भन्दा बढि ई–सेवा जोन तथा पोइन्टहरूकोे स्थापना गरेको छ । कम्पनीले आगामी दिनमा आफ्नो नेटवर्कलाई अझ विस्तार गर्दै ग्रामिण क्षेत्रसम्म पु¥याएर सर्वसाधरणलाई सेवा दिने प्रतिवद्वता व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ