काठमाडौं । जनता बैंकले दार्चुला जिल्लाको गोकुलेश्वरमा आफ्नो ३२ औं शाखा सञ्चालनमा ल्याएको छ । गभर्नर डा. युवराज खतिवडाले शाखाको उद्घाटन गरे । कार्यक्रममा बोल्दै डा. खतिवडाले सिप र उद्यमशीलता भएका ग्रामिण जनतालाई बैंकिग सेवा पु¥याउने बैकहरुलाई उत्प्रेरणा दिने नीति केन्द्रीय बैकको रहेको जानकारी गराउँदै जनता बैकले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने नीति लिएकोमा बैंकको प्रशंसा गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भट्टराईले सो समारोहमा उपस्थित अतिथि, बिभिन्न कार्यालयका प्रमुखहरु, उद्यमी, व्यवसायी तथा स्थानीय सर्वसाधारणको भब्य उपस्थिति प्रति कृतज्ञता व्यक्त गर्दै बैंकले ग्रामीण क्षेत्रमा समेत उत्कृष्ट सेवा दिने क्रमलाई निरन्तर अघि बढाई रहने प्रतिबद्धता ब्यक्त गरे ।
आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी देश विकासमा योगदान गर्ने उद्देश्य पूरा गर्ने क्रममा बैंकले हालसम्म ३२ वटा शाखा, २ वटा एक्सटेन्सन काउण्टर र २७ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकलाई सेवा दिईरहेको छ । २ अर्ब ६ करोड पुँजी रहेको बैंकले हालसम्म १ लाख १० हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै २० अर्व ८४ करोड निक्षेप संकलन गरी १८ अर्व ५२ करोड कर्जा प्रवाह गरिसकेको छ ।
बैंकले छिट्टै रसुवाको टिमुरे र दाङ्गको घोराहीमा समेत शाखा सञ्चालन गर्नेछ ।
प्रतिक्रिया