वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राप्तिभेरी विकास बैंकको साधारण सेयर माघ २२ देखि

अर्थटुडे
२०७१ माघ १२, सोमबार

काठमाडौं । राप्तिभेरी बिकास बैंकले ५ लाख ५४ हजार कित्ता साधारण सेयर माघ २२ गतेबाट जारी गर्ने भएको छ । यी सेयर मध्ये १० हजार एक कित्ता बैंकले आफ्ना कर्मचारीका लागि र २५ हजार तीन कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । यसबाहेक सर्वसाधारणले चार लाख ६५ हजार ५० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । बैंकको सेयर बिक्री छिटोमा माघ २६ गते र ढिलोमा फागुन आठ गतेसम्म खुल्ने छ ।

ipo
सामुहिक लगानी कोषलाई छुट्याएको सेयर नबिल ब्यालेन्स्ड फण्ड १, एनबी सुलभ इन्भेष्टमेन्ट फण्ड १, एनआइबिएल सम्वृद्धि फण्ड १, सिदार्थ इक्विटी ओरियेण्टेड स्किम र सिद्धार्थ लगानी वृद्धि योजनाले लिएका छन ।

बैंकको सेयर बिक्रीप्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । बैंकको सेयरमा एनएमबी बैंकको बिभिन्न शाखा, राप्तिभेरी बिकास बैंकको मुख्य तथा शाशा कार्यालय, वेष्र्टन डेभलपमेन्ट बैंकको घोराही दाङ शाखा र प्रोग्रशिभ फाइनान्सको न्युरोड शाखाबाट आवेदन हाल्न सकिन्छ ।

त्यस्तै, नबिल इन्भेष्टमेन्ट बैंकिङ, ग्लोबल आइएमइ क्यापिटल, सिभिल क्यापिटल, एनआइबीएल क्यापिटल मार्केट्स, ग्रोमोर मर्चेन्ट, एस क्यापिटल, लक्ष्मी क्यापिटलबाट पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

हाल सात करोड ५० लाख चुक्तापुँजी रहेको बैंकको सेयर जारी गरिसकेपछि यो रकम १२ करोड ५० लाख पुग्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ