वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंक ठगीका मुख्य योजनाकार पाण्डेले गरे आत्मसमर्पण

अर्थटुडे
२०७१ माघ १३, मंगलवार

काठमाडौं । मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकार राजेन्द्र पाण्डेले प्रहरी समक्ष मंगलबार आत्मसमर्पण गरेका छन् ।rajendra pandey

पाण्डेले आफ्ना भाईहरु र मेगा बैंककै कान्तिपथ शाखाका शाखा प्रमुख शम्भु बहादुर थापालाई प्रयोग गरी मेगा बैंकमा रहेको टुरिजम डेभलपमेन्ट बैंकको खाताबाट नक्कली हस्ताक्षर गरी २ करोड ९ लाख भन्दा बढी रुपैयाँ निकालेका थिए ।

पाण्डेका भाईहरु प्रदीप पाण्डे, प्रविण पाण्डे र सहकर्मी शम्भुबहादुर थापालाई प्रहरीले पक्राउ गरेपछि उनले प्रहरीसमक्ष आएर आत्मसमर्पण गरेका हुन् ।
धादिङ नलाङका पाण्डेको योजनामा मेगा बैंकको न्यूरोड शाखाबाट ०७० माघ १२ गते ९ लाख ९० हजार रुपैयाँ र १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट २ करोड रुपैयाँको चेक क्लियरिङ गरी जम्मा २ करोड ९ लाख ९० हजार रुपैयाँ निकालिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ