वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६ अंकले बढ्यो नेप्से, सवैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयरको कारोबार

अर्थटुडे
२०७१ माघ १३, मंगलवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से )परिसूचक मंगलबार ६ अंकले बढेर ९७५ अंकमा अडिएको छ । nepal stock exchangeयस दिन बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र अन्य समूहको सूचक बढेको छ भने जलविद्युत, बीमा र उत्पादन समूहको सूचक भने घटेको छ ।

मंगलबार सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ । यस दिन प्रभुको संस्थापक सेयर २२ करोड २८ लाख भन्दा बढी किनवेच भएको छ भने साधारण सेयरमात्र पनि चार करोड भन्दा बढीको कारोबार भएको छ ।

यसैगरी एक करोड भन्दा बढीको कारोबार हुने कम्पनीहरुमासेन्चुरी कमर्सियल बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक तथा हिमालयन बैंक लिमिटेड रहेका छन् ।

५१ करोड २९ लाख बराबरको ३२ लाख ५२ हजार कित्ता सेयर विक्रि भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ