काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभर साढे २ हजार विभिन्न वर्गका ग्राहकको विद्युत् लाइन काटेको छ । विद्युत प्रयोग गरेर पैसा नर्तिनहरुको संख्या बढ्दै गएपछि प्राधिकरणले आइतबारदेखि लाइन काटेर बक्यौता उठाउने अभियान सञ्चालन गरेको हो । सोही अभियानअन्तर्गत मंगलबारसम्ममा २ हजार ६ सय ६३ ग्राहकको लाईन काटेको हो । प्राधिकरणले मंगलबारमात्र १ हजार ४ सय ग्राहकको लाईन काटेको थियो । ती ग्राहकबाट ७ करोड ४१ लाख उठाउनुपर्नेमा १ करोड ६३ लाख रुपैयाँ उठाएको छ ।
लाइन काटिएका ग्राहकहरुले तिर्नुपर्ने सबै महसुल बुझाएपछि मात्र प्राधिकरणले लाइन जोड्नेछ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयका अनुसार तीन महिनासम्म विजुलीको महशुल नतिर्ने र ५ हजार रुपैयाँभन्दा बढी बक्यौता भएको ग्राहको लाईन काटिएको हो ।
प्राधिकरणमा घरेलु सहित २७ लाख १८ हजार ग्राहकको आठ अर्व रुपैयाँ उठाउन बाँकी रहेको छ ।
प्रतिक्रिया