काठमाडौं । राजनीतिक अस्थिरताकाविच पनि सेयर बजार परिसुचक (नेप्से) करिव १३ अंकले बढेर ९८८ अंकमा अडिएको छ । यस दिन होटलवाहेकका सबै सुचकहरु बढेका छन् । होटल समूहको भने ३० अंकले घटेको छ ।
बुधबार बैंकिङ समूहको १५.२८ अंकले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको ११.८३, जलविद्युत् ४१.२१ अंकले फाइनान्स ७.१२ र विमा समूहको ३०.८४ अंकले बढेको छ । यस दिन सवैभन्दा बढी राष्ट्रिय बाणिज्य बैंकले बेचेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । बैंकको पाँच करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार ३५ करोड ८७ लाख रुपैयाँ बराबरको कुल नौं लाख १७ हजार ७७१ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया