काठमाडौं । नेपाल एक्सप्रेस फाइनान्सले हालसम्मको न्यून्तम ब्याजदर भएको नेपेक्स सजिलो कर्जा योजना संचालनमा ल्याएको छ । वार्षिक ९.९९% ब्याजमा ५ लाखदेखि रु ५० लाख सम्म कर्जा पाईनेछ । यो योजनामा ग्राहकका सुविधा अनुसार चालु पूँजि सुविधा अथवा १० वर्षे किस्ताबन्दी सुविधा अन्र्तगत उपभोग गर्न सकिनेछ । उक्त कर्जामा फाईल पेश भएको २४ घण्टा भित्र कर्जा निर्णय गर्ने व्यवस्था मिलाइएको फाइनान्सले जनाएको छ ।
नेपाल एक्सप्रेस फाइनान्सको ९.९९ % व्याजदरको सजिलो कर्जा
२०७१ माघ १४, बुधबार
प्रतिक्रिया