वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा सामान्य गिरावट, ६५ करोडको कारोबार

अर्थटुडे
२०७१ माघ १५, बिहीबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा विहिबार सामान्य गिरावट देखिएको छ । कारोबार सुरुभएपछि उकालो लागेको परिसुचक बजार बन्द हुने बेलासम्म १.४१ अंकले घटेर ९८६.६६ अंकमा सिमित भएको छ ।

chart
विहिबार ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । राष्ट्रिय बाणिज्य बैंकले बेचेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर नामसारीको क्रममा रहेकाले कारोबार रकम बढेको हो ।

यसैगरी मर्जरको हल्लाका कारण प्रभु र ग्राण्ड बैंकको कारोबार पनि बृद्वी भएको छ । बैंक तथा वित्तीय संस्थाले दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण धमाधम प्रकाशित गरेकाले पनि यी कम्पनीहरुको सेयर बृद्वी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ