वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिलो आईक्यान सम्मेलन शनिबारदेखि

अर्थटुडे
२०७१ माघ १५, बिहीबार

काठमाडौं । लेखापरिक्षकहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले शनिबारदेखि काठमाडौंमा पहिलो आईक्यान सम्मेलन गर्ने भएको छ । दुई दिन चल्ने सम्मेलनको विषय ‘न्यु डानामिक अफ एकाउन्टिङ प्रोफेसन’ रहेको छ ।

Ican summit
सम्मेलनमा लेखापरिक्षणको अवस्था, पेशामा देखिएका चुनौति, लेखापरिक्षणमा देखिएको सार्वजनिक चासोलाई सम्वोधन गर्न चालिनुपर्ने कदमका बारेमा छलफल हुने आईक्यानले जनाएको छ ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा भारतीय चार्टर्ड एकाउन्टेन्ट संस्था (आईसीएआई) का काउन्सिल मेम्बर चार्टर्ड एकाउन्टेन्ट भी मुरली छन् । अर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गर्ने कार्यक्रममा महालेखापरिक्षक भानुप्रसाद आचार्य, सार्वजननिक लेखा समितिका सभापति जनार्दन शर्मा, गभर्नर डा। युवराज खतिवडालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ