वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एसविआई बैंकको २२ प्रतिशत लाभांस पारित

अर्थटुडे
२०७१ माघ १५, बिहीबार

काठमाडौं । नेपाल एसबिआई बैंकले २२ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । बैंकको २१ औं वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस सेयर तथा सात प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।nepal SBI bank

सो साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट निरञ्जनकुमार टिबरेवाला र संजयकुमार सुरेलाई संचालक चयन गरेको छ । बैंकले गत आर्थिक वर्षमा ९२ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले हाल तीनवटा क्षेत्रीय कार्यालयसहित ६५ वटा व्यवसायिक इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ७५ वटा एटिएम रहेका छन् । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ अर्ब ४९ करोड निक्षेप संकलन गरी ३५ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ