काठमाडौं । लघुवित्त बैंकहरुको सेयर लगातार उकालो लागिरहेका बेला अर्को लघुवित्त बैंकको साधारण सेयर आउने भएको छ । लक्ष्मी बैंकले प्रर्वद्धन गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको तीन लाख कित्ता साधारण सेयर जारी हुने भएको छ ।
एक सय रुपैयाँ अंकित उक्त सेयरका लागि असार १३ गतेदेखि १३ गतेसम्म आवेदन दिन सकिनेछ । तीन लाख कित्ता सेयरमध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई र ९ हजार कित्ता कर्मचारीका लागि सरक्षिण गरिएको छ ।
सेयरका लागि आवेदन गर्न चाहानेले लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २४ वटा शाखा, लक्ष्मी बैंकका ९ वटा शाखा र नविल इन्भेष्टमेन्ट, लक्ष्मी क्यापिटलबाट बुझाउन सकिनेछ । आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।
हाल ७ करोड सेयर पुँजी रहेको कम्पनीले उक्त सेयर जारी गरेपछि सेयर १० करोड पुग्नेछ ।
प्रतिक्रिया