काठमाडौं । प्रभु बैंकले ग्राण्ड बैंकलाई खरीद (एक्विजिसन) गर्ने भएको छ । विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकबिच खरिद सम्झौतामा हस्ताक्षर भएको छ । चालु आर्थिक वर्षभित्र एक्विजिसन गरिसक्ने बताइएको छ ।
कार्यक्रममा सम्झौतापत्रमा प्रभु बैंकका अध्यक्ष देबीप्रकाश भट्टचन र ग्राण्ड बैंकका अध्यक्ष स्वरुप गुरुङले हस्ताक्षर गरे ।
फाइनान्स कम्पनीबाट विकाश बैंक हुँदै प्रभु बाणिज्य बैंक बनेको हो । किष्ट बैंकसँग मर्जर गरी प्रभु बाणिज्य बैंक भएको हो ।
यसैगरी खराव कर्जाका कारण राष्ट्र बैंकको सिघ्र सुधारात्मक कारवाही भोगिरहेको ग्राण्ड बैंकले तोकिएको समयमा सुधार गर्न नसक्ने देखेपछि बैंकको स्वामित्व बेच्ने बिकल्पमा अगाडी बढेको हो ।
एक्वीजीसन पश्चात प्रभु बैंकको खराब कर्जा १६ प्रतिशत पुग्नेछ । जुन बैंकको लागि मुख्य चुनौती हुनेछ । बैंकको चुक्ता पुँजी पाँच अर्ब २० करोड ८८ लाख रुपैयाँ पुग्ने बताइएको छ ।
एक्वीजिसनपछि बैंकका १ सय २३ शाखा र १ सय २४ वटा एटीएम हुनेछन । त्यस्तै निक्षेप ४५ अर्ब ९० करोड रूपैयाँ र कर्जा ३९ अर्ब ५ करोड रूपैयाँ हुने छ ।
यसैगरी प्रभुले राष्ट्र बैंकले अनुमति दिएका खारेजीमा लगेको नेपाल विकास बैंक पनि खरिद गर्ने जनाएको छ ।
प्रतिक्रिया