वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघुवित्त बैंकको व्याज घटाउन राष्ट्र बैंकको दवाव

अर्थटुडे
२०७१ माघ १८, आईतवार

काठमाडौं । बजारमा अधिक तरलता हुँदा अहिले बैंकबाट ८ प्रतिशतसम्म हाराहारीमा कर्जा लिन सकिने अवस्था भएको छ । तर, लघुवित्त बैंकको व्याजदर भने घट्न सकेको छैन । बजारको व्याजदर घटेर फण्ड लागत घटेपनि लघुवित्तहरुले लागत बढेको भन्दै उच्च ब्याज लिइरहेका छन् । ३–४ प्रतिशतमै निक्षेप पाएका लघुवित्त बैंकले ऋणमा २५ प्रतिशतसम्म ब्याज लिइरहेका छन् । बजारमा अन्य वित्तीय संस्थाको व्याज घट्दा पनि लघुवित्त बैंकहरुको व्याज नघटेपछि व्याजदर घटाउन नेपाल राष्ट्र बैंकले घटाउन दबाब दिएको छ ।

laghubitta
राष्ट्र बैंकका एक उच्च अधिकारीले लघुवित्त विकास बैंकहरुलाई व्याजदर कम गर्न अप्रत्यक्ष रुपमा निर्देशन दिइएको बताए । “जसको लागि बढी बैंकको सहयोग आवश्यक छ तिनै विपन्नले बैंकबाट पाउने कर्जा साहुमहाजनकै व्याजदर दर हाराहारीमा छ” उनले भने “यसलाई घटाउनका लागि राष्ट्र बैंकलाई पनि चर्को दवाव रहेको छ ।”

गभर्नर डा. युवराज खतिवडाले सार्वजनिक कार्यक्रममै २० प्रतिशतभन्दा माथि ऋण लिन विपन्न वर्ग तयार नभएको प्रतिक्रिया दिएका थिए । लघुवित्त विकास बैंकलाई इंगित गर्दै उनले ब्याजदर सुधार्न सुझाव दिँदै पालना नगरे राष्ट्र बैंक प्रवेश गर्ने चेतवनी दिएका थिए ।

केन्द्रीय बैंकले लघुवित्तको ब्याजदर, सेवालगायत विषयमा अध्ययन गरिरहेको छ । छिट्टै लघुवित्तलाई ब्याजदर कम गर्न मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअघि नै निर्देशन दिने तयारीमा रहेको बताइएको छ ।

व्याजदर चर्को भएको गुनासोपछि नेपाल लघुवित्त बैंकर्स संघले पनि ब्याजदरलगायतका विषयमा अध्ययन गर्न सेल्फ रेगुलेसन कमिटी गठन गरेको बताएको छ । लघुवित्तहरू ग्रामीण क्षेत्रमा गई काम गर्नुपर्ने भएकाले लागत बढी लाग्ने उनीहरु तर्क गर्छन् । लघुवित्तको बढी ब्याजदरले संस्था तथा सेयर लगानीकर्तालाई फाइदा पुगे पनि विपन्न वर्गलाई फाइदा नहुने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ