काठमाडौं । सरकारले मुलुकभर रहेका ठूला मठमन्दिरको भेटी ब्यवस्थित गर्ने भएको छ । पुजारी र स्थानीयले आफूखुसी भेटी संकलन गर्ने तर पुन निर्माण, मर्मत लगायतमा सरकारको मुख ताक्ने प्रवृत्ति बढेपछि सरकार अघि सरेको आजको कारोबार दैनिकमा समाचार छ ।
भेटीको पारदर्शिताका लागि यस्तो गर्न लागिएकोे संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ । ३ वर्षदेखि पशुपतिको भेटी ब्यवस्थित रुपमा संकलन भइरहेको छ । पशुपतिमा यो ब्यवस्था सुरु गरेपछि ४५ करोड संकलन भइसकेको छ ।
पूर्वी नेपालको पाथिभरा, हेलेसी, जनकपुरधामदेखि काठमाडौं उपत्यकाका मठमन्दिर तथा पश्चिमको मनकामना। मुक्तिनाथ, स्वर्गद्धारी लगायतका मन्दिरमा संकलित भेटि ब्यवस्थित गर्न कार्यविधि तयार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया