काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ४.७८ अंकले बढेर ९९१.४४ अंकमा पुगेको छ । बैंकिङ सुचक ६.१५, विकास बैंक ६.६३, फाइनान्स २ र अन्य सुचक ८.२२ अंकले बढेका कारण समग्र सेयर बजार उकालो लागेको हो ।
यसदिन जलविद्युत् ८.८३, होटल १२.५७, बिमा ९.४७ र उत्पादनमूलक क्षेत्र ०.२४ अंकले घटेका छन् । बैंकिङ समूहको २० करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसदिन ३५ करोड ७२ लाख रुपैयाँ बराबरको कुल १० लाख ४२ हजार ३१६ कित्ता सेयर किनबेच भएको छ ।
यसदिन राष्ट्रिय बिमा संस्थान इन्नोभेटिभ डेभलपमेन्ट बैंक, हामा मर्चेन्ट, सिद्धार्थ फाइनान्सका लगानीकर्ताले वढी कमाएका छन् । गुमाउनेमा माउन्ट मकालु डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, नेपाल इन्स्योरेन्सका लगानीकर्ता छन् ।
प्रतिक्रिया