काठमाडौं । सानिमा बैंकले ग्राहकलाई थप सेवा उपलव्ध गराउने उदेश्यले आइतबारदेखि भिसा ब्राण्डको डेबिट कार्ड सुरु गरेको छ । सो कार्ड नेपाल तथा भारतका एटिएम र ब्यापारीक केन्द्रहरुमा सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले एटिएम सँजाल बिस्तार गर्न थप २७ एटिएमहरु पनि संचालनमा ल्याएकोे छ । सो कार्यक्रममा, ब्रान्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य र प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रुपमा सुभारम्भ गरे ।
सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले छिटै अन्र्तराष्ट्रिय डेविट र प्रिपेड ट्राभल कार्ड संचालनमा ल्याउने जानकारी समेत दिए ।
प्रतिक्रिया