वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंकको सिईओमा अशोक शेरचन

अर्थटुडे
२०७१ माघ १९, सोमबार

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओमा) अशोक शेरचन नियुक्त भएका छन् । बैंक संचालक समितिले उनलाई सोमबारदेखि जिम्मेवारी दिएको हो । १९ वर्ष भन्दा बढि अवधिको बैंकिङ अनुभव भएका शेरचन तत्कालिन प्रभु विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरिसकेका छन् । कार्यकारी अधिकृतको रुपमा तत्कालिन किष्ट बैंकमा प्रवेश गरेका उनले मर्जरको क्रममा उल्लेखनीय भुमिका देखाएका थिए ।

ashok serchen

सिईओ कुमार लम्सालले राजिनामा दिएपछि शेरचनले गत कार्तिकदेखि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएका थिए ।२०७१ असोज मसान्तसम्म ११ करोड घाटामा रहेको प्रभुले ०७१ पुस मसान्तमा ५४ करोड खुद नाफा गरेको छ । शेरचन निमित्त कार्यकारी प्रमुख अधिकृतको रुपमा कार्यरत रहँदाको कार्यकौशलतालाई मुल्याकन गर्दै सिईओमा नियुक्त गरेको बैंकले जनाएको छ ।

१ सय १२ शाखा, १०८ वटा एटिएमबाट सेवा दिइरहेको प्रभुले ०७१ पुससम्ममा चुक्ता पुँजी ३ अर्ब २० करोड, निक्षेप ३३ अर्ब १६ करोड र कर्जा २७ अर्ब २० करोड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ