वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१३ वाणिज्य बैंकले पाँच अर्ब कमाए, नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा उच्च

अर्थटुडे
२०७१ माघ १९, सोमबार

काठमाडौं । आर्थिक वर्ष ०७१\ ७२ पुससम्म १३ वटा बाणिज्य बैकले करिव ५ अर्व रुपैयाँ नाफा गरेका छन् । सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म आफ्नो वित्तीय विवरण प्रकाशित गरेका १३ वाणिज्य बैंकहरुले उक्त नाफा गरेका हुन् । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा गरेको छ भने एभरेष्ट बैंकको पनि उच्च रहेको छ ।

fffcd06eacab653ea91c680d5e9f48ee_L
प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार इन्भेष्टमेन्टले पुससम्ममा ९६ करोड ५४ लाख खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी चार अर्ब ७७ करोड १२ लाख चार हजार रुपैयाँ रहेको बैंकले उक्त अवधिमा ७९ अर्ब ९२ करोड ५४ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ७४ करोड ४६ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । रियलस्टेट क्षेत्रमा चार अर्ब ३१ करोड ५० लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब ४४ करोड १३ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी प्राप्त गरेको छ ।

एभरेष्ट बैंकले भने दोस्रो त्रैमासिकमा ७७ करोड १२ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी दुई अर्ब १३ करोड ७३ लाख ८८ हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा ७० अर्ब एक करोड ९७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ७० करोड १७ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा चार करोड ३० लाख १५ हजार रुपैैयाँ छुट्याएको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

बैंक अफ काठमाण्डू(बिओके)ले चालू आवको दोस्रो त्रैमासिकमा ३३ करोड सात लाख ६२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी दुई अर्ब १२ करोड दुई लाख १२ हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा ३४ अर्ब १५ करोड ५० लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब ६० करोड ७५ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा ९३ करोड ५५ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले उक्त अवधिमा ७० करोड १९ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी प्राप्त गरेको छ । सम्भावित जोखिम व्यवस्थापनको लागि ५१ करोड १० लाख ३६ हजार रुपैयाँ छुट्याएको बैंकले जोखिम व्यवस्थापन फिर्ताबापत ५८ लाख १८ हजार रुपैयाँ प्राप्त गरेको छ । कुल निष्क्रिय कर्जाको अनुपात एक दशमलव १२ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

सिभिल बैंकले भने दोस्रो त्रैमासिकमा १७ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकका अनुसार यो मुनाफा गत आवको सोही अवधिको तुलनामा झण्डै चार सय प्रतिशतले बढी हो । उक्त अवधिमा बैंकले ४३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी प्राप्त गरेको छ । दोस्रो त्रैमासिकमा २३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव १५ प्रतिशत रहेको छ ।

ग्लोबल आईएमई बैंकले ५४ करोड १८ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी पाँच अर्ब एक करोड १६ लाख रुपैयाँ रहेको बैंकले सो अवधिमा ५५ अर्ब २० करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ५६ करोड ३८ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । रियलस्टेट क्षेत्रमा मात्र दुई अर्ब १० करोड ७१ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले दोस्रो त्रैमासिकमा एक अर्ब १५ करोड ४० लाख छ हजार रुपैयाँ खुद ब्याज आम्दानी प्राप्त गरेको छ । सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा २८ करोड ९१ लाख ७१ हजार रुपैयाँ छुट्याएको छ । जोखिम व्यवस्थापन फिर्ताबापत बैंकले सो अवधिमा १७ करोड ८४ लाख ७३ हजार रुपैयाँ प्राप्त गरेको छ । निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५७ प्रतिशत रहेको बैंकका आधार ब्याजदर सात दशमलव ६० प्रतिशत रहेको छ ।

कुमारी बैंकले पनि दोस्रो त्रैमासिकमा १८ करोड १६ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अविधमा बैंकको यस्तो मुनाफा छ करोड १७ लाख ७५ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी दुई अर्ब ४३ करोड १६ लाख ८२ हजार रुपैयाँ पुगेको बैंकको चालू आवको दोस्रो त्रैमासिकमा २९ अर्ब ८८ करोड ४७ लाख ६८ हजार रुपैयाँ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब २८ करोड ९२ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा दुर्ई अर्ब १० करोड ६१ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ४३ करोड ४१ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी प्राप्त गरेको छ । सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा नौ करोड ६३ लाख ४८ हजार रुपैयाँ छुट्याएको बैंकमा तीन दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सानिमाले पनि दोस्रो त्रैमासिकमा २७ करोड ८१ लख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी दुई अर्ब ५५ करोड दुई लाख ४० हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा ३० अर्ब १४ करोड ७४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ८९ करोड ३५ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । रियलस्टेट क्षेत्रमा एक अर्र्ब ६६ करोड ५२ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ५३ करोड ७६ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी प्राप्त गरेको छ । सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा छ करोड ३८ लाख ६७ हजार रुपैयाँ छुट्याएको बैंकले जोखिम व्यवस्थापन फिर्ताबापत भने ११ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव शून्य चार प्रतिशत रहेको बैंकको आधार ब्याजदर सात दशमलव १९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ