उदयपुर । सनराईज बैंकको उदयपुर त्रियुगा नगरपालिका ११ मा रहेको शाखमा कार्यरत सुरक्षा गार्ड खेम बानियाँको अज्ञात व्यक्तिले घाँटी रेटेर हत्या गरेको छ । बैंक सुरक्षामा रहेका उनको गएराति हत्या भएको हो । लुटेराको समुहले बैंक लुट्नका लागि हत्या गरेको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
उदयपुर सिमेन्ट कारखाना परिसरमा बैकको शाखा रहेको छ ।
हत्याको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी टेकबहादुर गुरूङको नेतृत्वको प्रहरी टोली परिचालन गरेको छ ।
प्रतिक्रिया