वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेन्चुरीका लगानीकर्तालाई साढे ९ % प्रतिफल, फागुन २८ गते साधारणसभा

अर्थटुडे
२०७१ माघ २१, बुधबार

काठमाडौं । सेन्चुरी बैंकका लगानीकर्ताले साढे ९ प्रतिशत प्रतिफल पाउने भएका छन् । बैंक संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

century
बैंकको यो लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्विकती दिइसकेको र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । बैंकले फागुन २८ गते साधारणसभाको मिति तय गरेको छ । यसैगरी बैंकले ४ कित्ता बराबर १ कित्ताका दरले हकप्रद सेयर निष्काशनका लागि पनि प्रस्ताव साधारणसभामा लैजादैछ ।

बैंकले हाल ३१ वटा शाखा, २५ वटा एटिएम काउन्टर, ९ वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

आव २०७१\७२ को पुससम्म बैंकले २३ अर्व ३८ करोड निक्षेप संकलन तथा १९ अर्व ७६ करोड कर्जा लगानी गरी १५ करोड ६९ लाख सञ्चालन नाफा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ