वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हाम्रो सगरमाथाले सेयर पुँजी २० करोड पुर्याउने

अर्थटुडे
२०७१ माघ २१, बुधबार

काठमाडौं । ९ वटा सहकारी संस्था एकीकृत भई बनेको हाम्रो बहुउदेश्यीय सहकारीले सेयरपुँजी २० करोड पुर्याउने भएको छ । संस्थाको मंगलबार सम्पन्न साधारणसभामा कारोबार ३ अर्व पुर्याउने जानकारी दिइयो ।

hamro sagarmatha
हाल चार जिल्लामा गरी १५ वटा सेवाकेन्द्र मार्फत पूर्ण कम्प्युटराइज्ड प्रविधिवाट अन्तर सेवा केन्द्र कारोबार गर्न सकिनेछ । संस्थाले आगामी दिनमा बचत तथा कर्जा लगानीमा मात्र ध्यान नदिई उत्पादन मुलक उद्योगको स्थापना गर्ने र लघुविक्त सम्बन्धि कार्यक्रम संचालान गरी उत्पादन र रोजगारीलाई प्रवद्र्धन गर्ने जनाएको छ ।

संविधान सभाका सभाध्यक्ष सुभाष चन्द्र नेम्वाङको प्रमुख आथित्यमा भएको साधारणसभामा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल, राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री, सहकारी विभागका रजिष्टार विष्णुहरी पौडेललगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ