वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंकले ल्यायो नयाँ निक्षेप योजना, ५ % व्याजदर

अर्थटुडे
२०७१ माघ २१, बुधबार

काठमाडौं । प्रभु बैंकले ‘प्रभु स्माईल सेभिङ’ निक्षेप योजना सुरु गरेको छ । न्युनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिने यस योजनामा ग्राहकलाई वार्षिक ५ प्रतिशत व्याजदरको त्रैमासिक भुक्तानीका साथै अन्य सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

prabhu bank
यस योजनामा खाता खोल्ने ग्राहकले लकर शुल्कमा २५ प्रतिशत छुट, लकर सेवा लिनको लागि खातामा थप सुरक्षित रकम राख्न नपर्ने, ट्राभल कार्ड जारी गर्दा लाग्ने शुल्कमा पूर्ण छुट, २५ हजार सम्मको क्रेडिट कार्डको लागि स्वतः योग्य हुने, क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा छुट, डेविट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ