काठमाडौं । बुधबार सेयरबजार ०.५२ अंकले घटेको छ । यसदिन बैकिङ, फाइनान्स, विमा र अन्य समूहको परिसुचक घटेको छ भने होटल, डेभलपमेन्ट, हाइड्रो पावर र उत्पादनमुलक कम्पनीको परिसुचक बढेको छ ।
यसदिन सानिमामाई हाइड्रो पावरको सेयर मुल्य ३५ रुपैयाँले बढेको छ । यस कम्पनीको उत्पादन राष्ट्रिय प्रसारणलाईनमा जोडिएपछि सेयरको मुल्य बढेको हो । त्यस्तै यसदिन सेन्चुरी बैंकको कारोबार पनि उच्च भएको छ ।
बैंकको हकप्रद सेयर दिने निर्णयले लगानीकर्ताहरु यस बैंकतर्फ आकर्षित भएका हुन् यस दिन सेन्चुरी बैंकको दुई करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन ३४ करोड ३३ लाख रुपैयाँ बरावरको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया