नवलपरासी । अक्सफाम नेपालको सहकार्यमा प्रभु मनि ट्रान्सफरले नवलपरासीको गैडाकोटमा अन्तरसहकारी रेमिटान्स तथा बित्तीय सेवा बिषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ । दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा रहेका सहकारी तथा बिपन्न समुदायलाई लच्छित गरी भएको कार्यक्रममा उदयपुर, गोरखा, कपिलवस्तु, नवलपरासी, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली, सुर्खेत तथा दैलेख गरी १० जिल्ला बाट कारीब २७ ग्रामीण सहकारी संस्थाका ७० जना प्रतिनिधी उपस्थित थिए ।
दुई दिने कार्यक्रममा बिशेष गरी सहकारी संस्थाको स्तर(उन्नती तथा सुरक्षित रेमिटान्सको प्रयोग, साथै यसबाट स्थानिय समुदाय तथा सहकारी संस्थालाई हुने फाईदाका बारेमा बिशेष चर्चा गरिएको जनाएको छ । । कार्यक्रममा नेपाल भरी छरिएर रहेका ग्रामीण भेगका सहकारी संस्थाले प्रभुसँग आबद्ध भई स्थानिय समुदायलाई सुरक्षित र भरपर्दो तरिकाले रेमिटान्स तथा अन्य बित्तिय सेवा प्रदान गर्न सकिने कुरा सबैलाई जानकारी गराइएको रोशन रखालले जानकारी दिए ।
प्रतिक्रिया