काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको देवदह मेडिकल कलेज सञ्चालक समिति विरुद्व मुद्दा दायर गरेको छ । नेपाल मेडिकल काउन्सिल ऐनले तोकेको मापदण्ड पुरा नगरी कक्षा सञ्चालन गरेको भन्दै कारवाहीका लागि अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले ज्योति बानियाँ, शिवजी पौडेल, काठमाडौं विश्वविद्यालयका प्रवन्धक प्रधुम्न श्रेष्ठलगायत १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको अनुसन्धानमा कलेजले ऐनमा व्यवस्था नै नभएको ४० जना विद्यार्थीहरुका लागि एमबीबीएस कक्षा सञ्चालन गरेको उजुरीका परेपछि अनुसन्धान गरेको हो ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९(२) तथा कलेज सञ्चालकहरु उपर सोही ऐनको दफा २२ र १९(२) बमोजिम सजायको माग गरिएको छ ।
प्रतिक्रिया