वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वार्षिकोत्सवका अवसरमा टेलिकमको छुटको वहार

अर्थटुडे
२०७१ माघ २२, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले सातदिनका लागि सवै मोवाइल सेवामा छुट दिने भएको छ । ११औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले माघ २२ देखि २९ गतेसम्मका लागि छुट दिने घोषणा गरेको हो ।unnamed

टेलिकमले सात दिनका लागि जिएसएम तथा स्काइ पोस्टपेड मोबाइलबाट फोन गर्दा प्रतिमिनेट ८९ पैसा लाग्ने छ । त्यस्तै प्रिपेड मोबाइलका ग्राहकहरुले प्रतिमिनेट एक रुपैयाँ ३३ पैसामा कल गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै नयाँ पोस्टपेड सिम लिँदा एक जिबी डाटा फ्रि दिने भएको छ ।

सो सेवा डाटा तीन महिनामा सकिसक्नुपर्ने छ । त्यस्तै दुई सय एमबी डेटा फ्रि दिने समेत कम्पनीले जनाएको छ । यो सुविधा जिएसएम र स्काइ दुवैमा लागू हुन्छ ।
कम्पनीले महिला स्वास्थकर्मीलाई प्रत्येक १० मिनेटको एक रुपैयाँ बोनस स्वरूप दिने पनि जनाएको छ ।

यसैगरी टेलिकमले वाइम्याक्स लिने ग्राहकलाई ४० प्रतिशतसम्म छुट र विदेश जादा फोन गर्न मिल्ने नेपाल टेलिकम एप्स पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ