वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभू बैंकले ग्राहकलाई विमा सेवा उपलव्ध गराउने, विमा संस्थान र प्रभू बैंकविच सम्झौता

अर्थटुडे
२०७१ माघ २२, बिहीबार

काठमाडौं । प्रभू बैंकले विमा समितिसँग मिलेर आफ्ना ग्राहकलाई बीमा सेवा उपलब्ध गराउने भएको छ । प्रभु बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच बैंक बीमा सम्बन्धि विहिबार सम्झौता भएको हो । Pravhu-and-beema-sasthanसम्झौतापत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र संस्थानका प्रशासक अश्विनीकुमार ठाकुरले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा प्रभूका सिइओ अशोक शेरचन र संस्थानका प्रशासक अश्विनीकुमार ठाकूरले हस्ताक्षर गरे ।

सम्झौतापश्चात प्रभू बैंकका साढे ६ लाख ग्राहकले बीमा सम्बन्धि सेवा लिन सक्नेछन् । बैंकका ग्राहकहरुले आफ्नो जीवन बीमा गर्न र प्रिमियम रकम बुझाउन सक्ने छन् । बीमा सम्बन्धी सेवा प्रदान गर्न प्रत्येक शाखामा छुट्टै डेस्कको स्थापना गर्ने बैंकले जानकारी दिएको छ ।

त्यसैगरी बीमा संस्थानमा बीमा गराउने सर्वसाधारणले प्रभू बैंकका देशभर रहेका १ सय १२ वटा शाखाबाट बीमाशुल्क तिर्न सक्ने र यसको कुनै अतिरिक्त शुल्क नलाग्ने संस्थानका प्रशासक ठाकुरले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ