काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ५८ करोड ९५ लाख खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा ८ प्रतिशतले मात्र बृद्धि हो । ब्याज आम्दानी ७ प्रतिशतले मात्र बढेको र संचालन नाफा पनि सोही अनुपातमा रहेकाले बैंकको खुद नाफा धेरै बढ्न नसकेको हो ।
बैंकले निस्क्रिय कर्जा भने झण्डै ३९ प्रतिशतले घटाएको छ । बैंकको बिदेशी मुद्राको कारोबारमा आम्दानी घटेको छ । बैंकले यो त्रैमाससम्ममा ६७ अर्व रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५२ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार बैंक ग्यारेन्टी मामिलामा फसेको बैंकले त्यस वापतको जोखिम ब्यवस्थापन गरिसकेको छ । अदालती फैसला बैंकको पक्षमा आएमा मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गर्न नपर्ने अबस्था आएमा बैंकको अबस्था अरु सवल हुने देखिन्छ ।
बैंकले गत आर्थिक बर्षमा लगानीकर्तालाई आकर्षक बोनस शेयर दिएर चुक्ता पूँजी तीन अर्ब ३३ करोड पुर्याएको छ । बैंकको प्रति शेयर आम्दानी ३५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया