काठमाडौ । प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा अर्थविद् डा. चिरन्जिवी नेपालले गलत काम गर्ने व्यक्तिहरु प्रभावशाली भएकाले सहकारीमा सुधार गर्न कठिनाई भएको बताएका छन् । सहकारी सुधारमा नीतिगत तहमा प्रयास भए पनि त्यसको प्रभावकारी रुपमा लागु हुन नसकेको उनको भनाई थियो ।
संकटा बचत तथा ऋण सहकारीको १५ औं बार्षिक साधारण सभामा बोल्दै नेपालले सहकारीमा गतिलो नीति नियम नभएकाले बदमासी गर्नेलाई कारबाही गर्न नसकिएको बताए ।
प्रधानमन्त्री कार्यालयबाट ऋण असुली निर्देशिका लागु गर्नका लागि स्विकृत भएर आए पनि प्रभावशाली व्यक्तीहरुको चलखेलका कारण रोकिन गएको डा.नेपालको आरोप थियो ।
सहकारीमा निक्षेपकोे जोखिम बढ्दै गएकाले सहकारी बिमा कार्यक्रमलाई लागु गर्न सबै निकायले पहल थाल्नुपर्ने नेपालको सुझाव थियो । सहकारीमा कम्जोर र अपारदर्शी व्यवस्थापन हुँदा गलत तत्वले फाईदा लिने भएकाले सदस्यहरु आफै सर्तक हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा राष्टिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले उत्पादन क्षेत्रमा काम गर्न चहाने सहकारीलाई बाटो खुल्ला गर्न नीतिमै व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले हाल सहकारीमा लाग्दै आएको करलाई घटाउन सके सरकारले अहिले सोचे भन्दा बढी कर सहकारीबाट उठाउन सक्ने धारण राखे ।
संकटा साकोसमा नयाँ नेतृत्व
संकटा बचत तथा ऋण सहकारी संस्थाको १५ औँ बार्षिक साधारण सभाले उत्तम बहादुर सिंहको नेतृत्वमा नयाँ संचालक समिती चयन गरेको छ । सभाको सो नेतृत्व सर्वसहमतीमा चयन गरेको हो । सभाले संस्थाको सचिवमा बिन्देश्वर श्रेष्ठ, सदस्यहरुमा क्रमशः माधवलाल जोशी, कैलाश प्रसाद श्रेष्ठ, आशा वासुकला , विकास सुवाल र लक्ष्मी मानन्धर छन।
त्यस्तै लेखा समितीको संयोजकमा दिब्यश्वर प्रसाद श्रेष्ठ सदस्यहरुमा क्रमश उमेशकुमार तुलाधर,हिरण्य बज्र बज्राचार्य त्यस्तै ऋण उपसिमितिको सदस्यमा प्रविणमान सिह र सुलोचना प्रधानलाई चयन गरेको छ ।
प्रतिक्रिया