वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गर्भनर डा. युवराज खतिवडाको सुझाव : सहकारीहरुको दर्ता रोकेर एकीकरणमा जाउ

अर्थटुडे
२०७१ माघ २६, सोमबार

काठमाडौं । गर्भनर डा. युवराज खतिवडाले सहकारीहरुको दर्ता प्रक्रिया रोकेर मर्जरमा जानुपर्ने सुझाव दिएका छन् । सहकारीहरु दर्ता नरोक्दासम्म मर्जर अभियान सफल नहुने दावी गर्दै उनले भने, एकातिर दर्ता गरिरहने र अर्कोतिर मर्जरको कुरा गर्दा यो अभियान सफल हुदैन । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था दर्ता बन्द गरेर मर्जरमा गएको अनुभवलाई सहकारीमा पनि अनुशरण गर्नुपर्दछ । बैंक वित्तीय संस्था धेरै तर सेवा थोरै भएजस्तै सहकारीमा पनि त्यही अवस्था रहेको उनको भनाई थियो ।

IMG_6019

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले गरेको दोस्रो साकोस शिखर गोष्ठिमा बोल्दै बोल्दै खतिवडाले दर्ता खुला राखेर एकीकरणको कुरा गरिरहदा खाल्डो खन्ने र पुर्ने काम भई रहेको बताए । १५ प्रतिशत हिस्सा भएको सहकारी क्षेत्र हल्लिदा अर्थतन्त्रमा गम्भिर समस्या पर्ने भएकोले सहकारी अभियन्ताहरु गम्भिर हुन जोड दिए । सहकारीको नियामक निकायको रुपमा नेपाल राष्ट्र बैंक नभएपनि सहकारीका कारण अर्थतन्त्रमा समस्या आउदा नेपाल राष्ट्र बैंकलाई पनि गम्भिर चुनौति हुने भएकोले सहकारीको नियमनका लागि आफुहरुको ध्यानाकर्षण भएको बताए ।। खतिवडाले सहकारी क्षेत्रको नियमनका लागि स्थायी र शक्तिशाली निकाय आवश्यक रहेको बताउदै यसका लागि राज्य गम्भिर हुनुपर्ने उल्लेख गरे ।

सहकारीहरु समुदायमा आधारित हुनुपर्नेमा व्यक्तिकेन्द्रीत हुदै गएकोमा चिन्ता गर्दै खतिवडालेसंस्थाहरु एकीकरण मात्रै होइन रुपान्तरणको पनि जरुरी रहेको बताए । सहकारी समुदायमा आधारित हुनुपर्ने भएपनि सीमित व्यक्तिहरुले बैंक सरह चलाउने प्रवृत्ति रहेको उनको आरोप थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ