वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्वजनिक यातायातको भाडा साढे ५ प्रतिशतसम्म घट्यो

अर्थटुडे
२०७१ माघ २७, मंगलवार

काठमाडौं । सरकारले सार्बजनिक यातायातको भाडा ५.२८ प्रतिशत सम्म भाडा घटाएको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएअनुसार भाडा दर पनि समायोजन गरेको जानकारी दिएको छ । bussewa_logo
यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यका र तराईका जिल्लामा चल्ने सार्बजनिक यातायातका बसमा २ दशमलव ३ प्रतिशत मात्रै भाडा घटाइएको छ ।

पहाडी जिल्लामा चल्ने बसहरुमा ४ दशमलव ३७ प्रतिशत भाडा घटाइएको छ । ट्याक्सीमा १ दशमलव ६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायतका सवारी साधनमा ५ दशमलव २८ प्रतिशत भाडा घटाइएको छ ।

व्यवस्थापिका संसदको विकास समितिले सोमबार सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन सरकारलाई निर्देशन दिएको थियो । विद्यार्थी र उपभोक्ता अधिकारवादीहरुले पनि इन्धनको मूल्य घटे पनि गाडी भाडा नघटाइएको भन्दै सरकारको आलोचना गर्दै आएका थिए ।

नयाँ भाडादर सुचिसहित

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ