वि.सं. २०८१ माघ २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सेयर आउँदै

अर्थटुडे
२०७१ माघ २७, मंगलवार

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले सर्वसाधारणका लागि छुट्याएको चुक्ता पूजीको ४५ प्रतिशत सेयर बिक्री गर्ने भएको छ । ९० लाख रुपैयाँ बरावरको ९० हजार कित्ता सेयर सर्वसाधारण बिक्री गर्ने भएको हो । बैंकले सर्वसाधारणका लागि छुट्याएको सो सेयर अगामी फगुनको दोस्रो सातादेखि बिक्री खुल्ला गर्ने भएको छ ।

हाल १ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले सर्वसाधारण सेयर जारी गरेपछि २ करोड पुग्ने छ । २०६७ साल कार्तिक २३ गते राष्ट्र बैंकबाट स्वीकृती पाएको बैंकले २०६७ साल कार्तिक २८ गते बाट वित्तिय कारोबार संचालन गरेका हो ।
सो सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्रोमर मर्चेन्ट बैंकर रहेको छ । संस्थाका कार्यकारी प्रमुखको रुपमा दिलिप कुमार पोखरेल रहेका छन् । स्थागत सस्ंथापकको रुपमा विगत २०५४ सालदेखि मानव अधिकार तथा गरिब ,पिक्षडिएका वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि काम गर्दै आइरहेको जनउत्थान प्रतिष्ठान रहेको छ । यस लघुवित्तको चालुु आवको पुस मसान्तसम्ममा सदस्य संख्या ९ हजार २ सय १ पुगेको बैंकले जनाएको छ ।

सो अवधी सम्ममा ४४ करोड ३ लाख १ हजार १ सय बीस रुपैया कर्जा प्रवाह गरेको बैंकले २ करोड ७६ लाख ५१ हजार ४ सय पचास रुपैया बचत संकलन गरेको छ ।
रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त विकास बैंकको बुटवलको मिलनचोक,चितवनको मंगलपुर,नवलपरासीको सुनवल,पाल्पाको तानसेन,बाँकेको कोहलपुर,कैलालीको टिकापुर र बर्दियाको ककौराचोक गरी ७ वटा शाखा संचालनमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ